भद्रपुर, २४ असार । भद्रपुर नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत अधिकांश पदमा नेपाली कांग्रेसले हाल बेहोरेपछि नगर सचिव शैलेश ढुंगानाले पदबाट राजीनामा दिएका छन् ।
सचिव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा पार्टीले हार बेहोर्नुको अनेक कारण भए पनि आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताए । उनले कांग्रेस जिल्ला समिति र झापा क्षेत्र नम्बर ३ समितिलाई राजिनामा पत्र बुझाएका छन् ।
‘पराजित हुनु पर्ने कारणहरु अनेक भए पनि हाम्रा उम्मेद्वारहरुले हार बेहोर्नु तीतो यथार्थलाई आत्मसाथ गर्दै पार्टीको पदीय जिम्मेवारीबाट नैतिकताको आधारमा राजीनामा दिएको हुँ’, ढुंगानाले भने, ‘पार्टीको कुनै पदमा रहेर काम नगरे पनि साधारण सदस्य भएर बस्छु ।’ ढुंगानाले शुक्रबार विज्ञप्ति जारी गरेका हुन् ।
© 2018 Sajilokhabar.com | Powered by DreamSYS IT Solution