नेता भनेको त यस्तो पो हुनु पर्छ : मतदाता

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

मेचीनगर , १० मंसिर । ‘जहाँ जहाँ समस्याहरु आइपर्छन । प्राकृतिक विपत्तिले नागरिकको घाँटी निमोठ्न खोच्छ । विश्वप्रकाश शर्मा आफ्नो टोली नै लिएर पुग्छन् । भूकम्प पीडित होस या बाढी पीडित सहयोग गर्न पुगेको देखिन्छ । पीडित नागरिकका कष्ट समस्यालाई चिन्नु नै एउटा असल नेताको चरित्र र गुण हो ।’

झापा मेचीनगर ३ का रामचन्द्र खतिवडा आफ्ना साथीको भीडमा विश्वप्रकाश शर्माका बारेमा यस्तै चर्चा गर्दै गफिदैँ थिए । आइतवार बिहानको यो दृष्य वरीपरी रहनेहरु एक अर्काको कुरामा हो मा हो मिलाउँदै थिए । नभन्दै त्यो जेष्ठ नागरिकको जमातले एउटै बोलीमा आगामी निर्वाचनमा विश्वप्रकाश शर्मालाई जिताउने प्रण गरे । उनीहरु भन्दै थिए–‘न त विपक्षी पार्टीलाई गाली नै छ, न त कुनै आरोप । सबै पार्टीलाई सम्मान गर्नु अनि सबैलाई समेटेर देश निर्माण गर्ने लक्ष्य भएका नेतालाई भोट नदिए कसलाई दिने ?’

झापा क्षेत्र नम्बर १ को माहोल यसरी नै चुनावी सरगर्मी सँगै बढ्दो । मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि प्रचारप्रसार अभियानका क्रममा साविकको बाहुनडाँगी ३ नम्बर वडामा पुगेका शर्मालाई भेट्न र उनको बोली सुन्न लालाहित ठूलो जमात भेला भएको थियो । इलामको सिमानासँग जोडिएको मेचीनगर ३ को माथिल्लो भेग सेङ्लेङटारमा बिहान ७ बजे को निर्धारित कार्यक्रममा सहभागि हुन पुगेका शर्मालाई भेट्नका लागि स्थानीयको बाग्लो उपस्थिति थियो । सहभागि मध्ये एक जना युवा (नाम नबताउने सर्तमा) भन्दै थिए –‘म विशु दाईको पार्टीको मान्छे होइन । तर भोट उहाँलाई नै दिने परिवारमै निर्णय गरेका छौँ । पार्टी आफ्नो ठाउँमा छ । तर यो पटक आफ्नै ठाउँको युवालाई जिताउने हो ।’

दोकानडाँडाका मिलन भारतीले विश्वप्रकाश शर्मालाई भेटेर भने–‘मलाई तपाईको पार्टीको नेतृत्वसँग असहमति हो । त्यो भीडमा तपाई यो देशलाई चाहिने नेता हो । त्यो मलाई राम्रो थाहा छ । यसैले तपाई जितेर जानुहोस् । अनि आफ्ना पार्टीमा भएको कमजोरीलाई सुधारेर यो देश निर्माण गर्न तपाईको भूमिका रहोस । हामी आम युवाहरुको तपाई माथि भरोसा छ ।’

चुनावी अभियानमा जुनसुकै क्षेत्रमा पुग्दा आम मतदाताको एउटै भरोसा बनेका थिए शर्मा । उनको भाषण सुन्नका लागि स्थानीयहरु कार्यक्रममा स्थल पुग्छन् । उनको धाराप्रवाह बोलीले जो कोहीलाई प्रभावित बनाउनँछ । ‘उहाँको बोली मात्र मिठो होइन काममा पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ’ बाहुनडाँगी ४ का कञ्चन बरालले भने–‘आज बाहुनडाँगीको सोलार फेन्सिङ ल्याएर सिङ्गो बाहुनडाँगीलाई हात्तीको समस्याबाट हल गराउन ठूलो योगदान दिनु भएको छ ।’कसैलाई नहुने कुराको झुटो आश्वासन बाड्नु हुन्न ।’

‘हाम्रोले भन्दा पनि राम्रोले जित्नुपर्छ’ मेचीनगर ८ का राजकुमार राईले भने–‘यो क्षेत्रबाट हामीले धेरैलाई जिताएर पठायौँ । तर, कहिले पनि फर्केर आएका छैनन् । विशुदाई हारेर पनि सधैँ यस क्षेत्रको काममा लाग्नु भएको छ । म लामो समय माओवादीमा रहेर काम गरेँ । विश्वदाईका कामबाट प्रभावित भएर ३ दिनदेखि काङ्ग्रेस जिताउने अभियानमा छु । विश्वप्रकाशलाई जिताउन पार्टी भन्दा माथि उठेर मत हाल्नु हामी सबैको जित हुनेछ । यदि यो देशको राजनीतिक परिवर्तन गर्ने त्यस्तो कोही मान्छे छ भने त्यो विश्व दाई नै हो ।’

मेचीनगरका ३ का कमल थापाले २०७० सालको निर्वाचनमा एमालेका रविन कोइरालासँग पराजित बनेका शर्माले नेपालको राजनीतिमा एउटा संस्कार बसालेको बताए । ‘त्यो दृष्य नेपाली राजनीतिका लागि बिरलै थियो’ थापाले भने–‘ जति बेला उनी पराजित हुँदै थिए । उनले आफैलाई रविन कोइरालालाई फोन गरेर बोलाएर माला लगाएर बधाई दिए । जुन राष्ट्रिय चर्चाको विषय बन्यो । तिनै राजनीति सुधारका अभियानतालाई जिताउन हामी लाग्नेछौँ ।’

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution