म्युजिक भिडियो छायाङ्कन

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

प्रयास लिम्बू
ताप्लेजुङ, २४ कात्तिक  । स्थानीय कलाकार सन्तोष तोलाङको ‘कति राम्रो पूर्वको ताप्लेजुङ, माया उनकी रुपकी रानी हुन्…. बोलको लोक दोहोरी गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । याक भिजन बिर्तामोड झापाले उत्पादन गर्नेगरी उक्त गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको हो ।

चाँडै रिलिज गर्ने योजनाका साथ म्युजिक भिडियो छायाङ्कन गरिएको निर्माता सजल पौडेलले जानकारी दिए । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले भिडियो निर्माण गर्न लागेको पौडेलले बताए । उनका अनुसार फुङ्लिङबजारको वीरेन्द्रचौक, सुकेटारबजार, सिद्धिडाँडा चण्डेश्वर धाम, भिन्तुनाडाँडा, बिहीबारे बौद्ध गुम्बा लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुमा भिडियो छायाङ्कन गरिएको छ ।

म्युजिक भिडियोमा निर्माता समेत रहेका सजल पौडेल, कविता मादेन, पदम श्रेष्ठ, निशा गुरुङ लगायतका स्थानीय कलाकारहरुको अभिनय रहेको छ । भिडियोको निर्देशक जर्नकुमार राई छन् भने छायाङ्कन बिक्रम डिसीले गरेका छन् । म्युजिक भिडियो निर्माण गर्न लागिएको गीतको शब्द र सङ्गीत कलाकार सन्तोष तोलाङको रहेको छ भने स्वर पनि तोलाङ आफैं र जशोदा सुब्बाको रहेको छ । गायक तोलाङको ‘मेची भन्सार’ नामक एलबम्मा समावेश गीतको पहिलो म्युजिक भिडियो निर्माण हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution