कैलालीमा टेलिसेन्टर स्थापना हुनेः मन्त्री बस्नेत

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

कैलाली १८ मंसिर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कैलालीमा अत्याधुनिक टेलिसेन्टर स्थापना गरिने बताएका छन् ।

आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उनले सञ्चारकर्मीको सुझवका आधारमा सूचना केन्द्रका रुपमा रहने टेलिसेन्टरको स्थान तोकिने जानकारी गराए ।

कर्मचारीसहित पाँच कम्प्युटर र अत्याधुनिक भवन रहने टेलिसेन्टरको स्थापनाले आमजनता र सञ्चारकर्मीलाई सूचनामा पहुँच र सम्प्रेषणमा सहजता हुने बताउँदै उनले बेलायती सेनाले नेपाल सरकारलाई उपलब्ध गराएको ‘माइ प्लेयर’ उपकरण पनि कैलालीमा स्थापना गरिने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution