राजनीतिक संकट समाधानका लागि भेटेजुयलामा वार्ता

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काराकास, १६ मङसिर: भेनेजुयलाको सरकार र विपक्षी दलका प्रतिनिधिबीचमा राजनीतिक संकट समाधानका बारेमा वार्ता भएको छ ।

डोमेनिकन रिपब्लिकमा शुक्रबार दुई दिने वार्ता शुुरु भएको अधिकारीहरुले जनाएका छन् ।

सरकारको तर्फबाट प्रतिनिधित्व गर्नु भएका भेनेजुयलाका सञ्चार मन्त्री जोर्गे रोड्रिग्युजले यसअघि सहमति भएका विषयमा छलफल भइरहेको जानकारी दिए।

उनले भेनेजुयलाको निर्वाचन प्रणाली विश्वकै सर्वाधिक विश्वसनीय र पारदर्शी प्रणाली मध्येमै पर्ने बताए।

वार्तामा विपक्षीको तर्फबाट सहभागी प्रतिनिधिमध्येका प्रमुख जुलिओ बोर्गेसले आफु भेनेजुयलाका नागरिकको आधारभूत अधिकारका लागि लडिरहेको बताए।

उनले अधिकार नपाउदासम्म आपूmहरुको संघर्ष जारी रहने अठोट पनि गरे।

भेनेजुयलाको विपक्षी पार्टीले राष्ट्रपति निकोलस माडुरोको प्रशासनले मुलुकलाई आर्थिक संकटमा फसाएको र नागरिकलाई अधिकार नदिएको भन्दै आन्दोलन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution