६ वर्षका बालकको कमाई १ अर्ब रुपैयाँभन्दा बढी

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ४ पुस । एउटा ६ वर्षीय बालकले कति आम्दानी गर्छ ? तपाईं भन्नुहोला यस्तो सानो उमेर बच्चा काम गर्छ र ?

तर, रायन हरेक हप्ता युट्युवमा खेलौनाको समिक्षा गर्छन् र यसको बदला उनले राम्रो आम्दानी गरिरहेका छन् ।

रायनले अघिल्लो वर्ष ११ मिलियन अमेरिकी डलर कमाई गरेका थिए । जनु नेपाली रुपैयाँमा १ अर्बभन्दा बढी हुन आउँछ ।

युट्युवमा रायनको भिडियो करोडौँले हेर्छन् । उनको रायन टोयजरिभ्यु नामको एउटा युट्युव च्यानल रहेको छ ।

स्टारको सूचीमा नाम

यस युट्युव च्यानलमार्फत रायन आफ्ना भ्युअर्सहरुलाई खेलौनाको दुनियामा लैजान् । फोर्ब्स पत्रिकाले उनलाई सन् २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने स्टारको सूचीमा राखेको छ ।

सन् २०१५ को मार्चमा शुरु गरिएको रायन टोयजरिभ्युका भिडियोहरु १६ अर्बभन्दा धेरै पटक हेरिसकिएको छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution