३६ वर्षमा नदेखिएको अत्यन्त नीलो चन्द्रमा आज

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, १७ माघ । यस वर्ष धेरै रोचक खगोलीय घटनाहरू परेका छन् । गएको ३६ वर्षमा नदेखिएको अत्यन्त नीलो चन्द्रमा अर्थात सुपर ब्लु ब्लड मुन जनवरी ३१ अर्थात् १७ माघ बुधबारको दिन आकाशमा देखिने आचार्य मदन मोहन अधिकरीले जानकारी दिएका छन् ।

 

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नु मिल्ने उनले बताए । यस चन्द्रग्रहणले मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको अधिकारीले जानकारी दिए ।

“बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ”, उनले भने । यसपटकको दुर्लभ चन्द्रग्रहणमा चन्द्रमामा ३ वटा भिन्न विशेषता देख्न सकिने अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution