उपसभामुखमा पोखरेल निर्विरोध

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

विराटनगर, २ फागुन । प्रदेश नं १ को उपसभामुख पदमा आज नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य सरस्वती पोखरेलको मात्र उम्मेद्वारी परेपछि पोखरेल निर्विरोध भएकी द्धन् । पोखरेलले मात्र प्रदेश सचिवालयमा आज मनोनयनपत्र दर्ता गराएकी छन् ।

उनको प्रस्तावकमा प्रदेशसभा सदस्य रामकुमार राई र समर्थकमा इन्द्रमणि पोखरेल रहेको प्रदेश सचिवालयले जनाएको छ ।

सुनसरी जिल्लाबाट समानुपातिकबाट प्रदेशसभा सदस्य भएकी पोखरेल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुन् ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution