एमाले-माओवादी बिचको यस्तो छ सात बुँदे सहमति

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ७ फागुन । नेकपा एमाले र माओवादी केन्द्र बिच पार्टी एकता गर्ने सात बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको लामो छलफलपछि दुबै पार्टी एकताका लागि सहमत भएका हुन् ।

पार्टी संयोजन समितिको बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी ओली, झनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र इश्वर पोखरेलले हस्ताक्षर गरेका छन् । यसैगरी माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले हस्ताक्षर गरेका छन् । सहमतिमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने भएका छन् । सहमतिको दोस्रो बुँदामा पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद हुने भएको छ ।

तेस्रो बुँदामा बहुदलिय जनवाद प्रतिस्पर्धा मार्फत श्रेष्ठता हाँसिल गर्ने बिषय र माओवादीले खुल्ला राजनीति पछि लिएको लोकतान्त्रिक अभ्यासमा समानता रहेको उल्लेख छ । चौथो बुँदामा जवज र एक्काशौँ सताव्दीको जनवादमा छलफल गरी परिमार्जन र बिकास गर्ने, पाँचौमा आन्तरिक राजनीतिक प्रतिवेदन र विधानका आधारमा एकीकृत पार्टी संचालन गर्ने, छैठौँमा प्राप्त उपलब्धिको रक्षा र बिकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक आर्थिक रुपान्तरण मार्फत समाजवादका आधार निर्माण गर्ने उल्लेख छ । सहमतिको अन्तिम सातौँ बुँदामा आगामी पार्टी महाधिवेशनलाई एकताको महाधिवेशन बनाइ भव्यरुपमा सम्पनन गर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution