जनयुद्ध दिवसमा दिप प्रज्वलन

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

दमक, २९ माघ । २३ औं जनयुद्ध दिवसको पूर्व सन्धयामा सोमबार साँझ दमक चौकमा दिप प्रज्वलन गरिएको छ । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट मुलुकमा परिवर्तनका लागि भन्दै शुरु गरेको सशस्त्र युद्धको स्मरण गर्दै आयोजना गरिएको दिप प्रज्वलनमा माओवादी नेता जनार्दश शर्माको प्रमुख उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले जनयुद्धका बाँकी कार्यभार पूरा गर्नैका लागि वाम एकता हुन लागेको दाबी गरे ।

नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष वेदु गौतमका अनुसार नेता शर्मासहित माओवादी केन्द्रका नेता कार्यकर्ता, जनवर्गीय तथा पेशागत संगठनहरु तथा शुभेच्छुकहरु दिपप्रज्वलमा सहभागि भएका छन । माओवादीले २०५२ फागुन १ गतेबाट शुरु गरेको सशस्त्र युद्धलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution