जेष्ठ नागरिकको सम्मान

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, ७ फागुन । समाजसेवी महावीर अग्रवालले विपन्न जेष्ठ नागरिकलाई साडी प्रदान गरेका छन् । सोमबार हल्दिबारी गाउँपालिकाका ५५ जना जेष्ठ महिलालाई एक कार्यक्रमका बिच साडी प्रदान गरिएको हो । त्यसैगरी ९६ वर्षीय भगीरथ न्यौपानेलाई एक थान ज्याकेटसहित नगद एघार सयले सम्मान गरेको थियो ।
जेष्ठ नागरिक हल्दिबारीको आयोजनामा विपन्न महिला जेष्ठ नागरिक कपडा वितरण कार्यक्रमको प्रमुख अतिथि एक नम्बर प्रदेश सांसद् ओमप्रकाश सरावगीले आफ्नो कार्यकालमा राज्यले अख्तियार गरेका जेष्ठ सदस्यले पाउने सेवा सुविधाको अक्षरस पालना गराउन लाग्ने प्रतिबद्धता व्यक्त गरे । विशेष अतिथिहरु जेष्ठ नागरिक संघ झापाका उपाध्यक्ष हरि ओली, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, संघका वरिष्ठ सल्लाहकार तथा दाता महावीर अग्रवाल संघका जिल्ला कोषाध्यक्ष इश्वरी तिम्सिना, मोहनचन्द्र रेग्मी, मुक्ति पौडेल, भारती पोखरेल, लय शिवाकोटीलगायतले बोलेका थिए ।
करिब पचास हजार मुल्यको उक्त साडी त्यहाँका विपन्न, आदिवासी, जनजाती, सीमान्तकृत र दलित जेष्ठ महिलाहरुलाई वितरण गरेको समाजसेवी अग्रवालले बताए । उनले भने समाज सेवा मेरो रुचिको विषय हो । आफ्नो क्षमताले भ्याएसम्म दिन दुखीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि अग्रवालले हजारौँ जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचार तथा जाडोका लत्ता कपडा प्रदान गरिसकेका छन् ।
जेष्ठ नागरिक संघ हल्दिबारीका अध्यक्ष श्रीप्रसाद बाह्रकोटीको सभापतित्व र उपाध्यक्ष लक्ष्मी खनालले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश जिल्ला संघका सह सचिव लक्ष्मी पाण्डेले गरेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिबारीको सभाहलमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution