ताप्लेजुङमा हिमपातका कारण चिसो बढ्यो

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

प्रयास लिम्बू
ताप्लेजुङ,१ फागुन । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि जिल्लाको जनजीवन प्रभावित बनेको छ । सोमबार अपरान्हपछि एक्काशी मौसममा आएको परिवर्तनसँगै उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेकाले जनजीवन प्रभावित बनेको हो ।
जिल्लाको उच्च हिमाली क्षेत्रमा हिउँ पर्दा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् । चिसोले हिमाली क्षेत्रका बासिन्दाहरु बढी प्रभावित बनेका छन् । जिल्लाको हिमाली गाउँहरु ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, याम्फुदिन, पापुङ, मामाङ्खे, तापेथोक लगायतमा हिउँ परेको छ । बस्ती नजिक डाँडाकाँडामा सेताम्मे हिउँ परेपछि चिसो बढेको स्थानीयले बताएका छन् ।
यता तीन हजार सात सय ९४ मिटरको उचाइमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा समेत हिउँ परेको छ । पाथीभरा क्षेत्रको फेदीबजारसम्म नै सामान्य हिउँ परेको स्थानीय व्यवसायीले बताएका छन् । पाथीभरामा हिउँ परेपछि निक्कै चिसो बढेको फेदीबजारका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा हिमपात भएका कारण सदरमुकाम फुङ्लिङबजार र सुकेटार बजारमा समेत चिसो बढेको छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution