पाथीभरा पर्यटन महोत्सव सुरु

बेहुली झैं सिँगारियो फुङ्लिङ बजार

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

प्रयास लिम्बू
ताप्लेजुङ, १ फागुन । फागुन ३ गते बिहीबारसम्म मनाइने तीन दिने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन् गाइड्स पाथीभरा म्याराथन सुरु भएको छ । महोत्सवको पहिलो दिन मङ्गलबार बिहान सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडाबाट कलशयात्रा सुरु भई सिद्धिडाँडास्थित चण्डेश्वर मन्दिरमा पुगेर टुङ्गिएको छ । नेपाली सेना दिवस र शिवरात्री पर्वका दिन भएकाले कलशयात्रामा ताप्लेजुङस्थित नयाँ रणभीम गुल्मको विशेष उपस्थितिसहित नगरबासीको उल्लेख्य सहभागिता रहेको थियो ।


बिहान ७ बजे पछि सुरु भएको कलशयात्रामा फुङ्लिङ नगरबासी, विद्यालय, विभिन्न संघ संस्था, स्थानीय जनप्रतिनिधि, कार्यालय प्रमुख लगायतको सहभागिता रहेको थियो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्घन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभीम गुल्मको संयुक्त आयोजनामा आयोजित महोत्सवको कार्यक्रमस्थल नयाँ रणभीम गुल्मको खेल मैदानमा खाद्य परिकार, हस्तकला तथा सिल्पकला प्रदर्शनी कक्ष लगायत औपचारिक कार्यक्रम राखिएको छ । यस्तै राष्ट्रिय कलाकारहरुको उपस्थितिमा विभिन्न सांगीतिक कार्यक्रमहरु राखिएको छ भने प्याराग्लाइडिङ पनि हुने छ ।


महोत्सवको अन्तिम दिन बिहीबार खुल्ला तथा महिला हाफ् म्याराथन हुने छ । म्याराथनमा पश्चिम नेपालको जुम्ला, रुकुम लगायत विभिन्न ठाउँका गरी करिव ८० जनाको हाराहारीमा खुल्लातर्फ र ४० जनाभन्दा बढी महिला हाफतर्फ म्याराथन प्रतियोगितामा धावकहरुले सहभागिता जनाउने भएका मूल आयोजक समितिले जानकारी दिएको छ । पाथीभरा महोत्सवको समापन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा हुने पनि आयोजकले जनाएको छ ।


यता महोत्सव सुरु भएसँगै सदरमुकाम फुङ्लिङ बजार बेहुली झैं सिँगारिएको छ । बजार प्रवेशद्वार हेलिप्याडदेखि टुक्रे शेर्पा टोलसम्म विभिन्न तुल, ब्यानर, स्वागतद्वार र ध्वजापतकाले सिँगारिएको छ । नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रवद्र्धन तथा समग्र जिल्लाको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्य राखेर महोत्वको आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution