प्रजातन्त्र दिवशमा दीपावली

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड,७ फागुन । वीरता जेसीज र वीरता लेडी जेसीजले प्रजातन्त्र दिवसमा सोमवारसाँझ बिर्तामोडको मुक्ति चौकमा दीपावली गरेको छ ।
प्रजातन्त्र दिवसको खुशियालीमा मुक्तिचौकको आइल्याण्ड र दुर्गामन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिएको हो । कार्यक्रममा ६८ औं प्रजातन्त्र दिवसको संकेत स्वरुप ६८ वटा दीप प्रज्ज्वलन गरिएको थियो । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकालको संयुक्त अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता भगीरथ पोद्दारले दीप प्रज्ज्वलन गरी दीपावलीको शुरुवात गरेका थिए । पोद्दारले प्रजातन्त्र मानिसको अभिन्न अंग बनेको बताउँदै यसको विकल्प कल्पना पनि गर्न नसकिने र प्रजतन्त्रको जग बलियो बनाउन सबै लाग्नुपर्ने बताए ।
वीरता जेसीजका महासचिव कमलप्रसाद पाण्डे बिनोदले सञ्चालन गरेको समारोहमा कार्यक्रम संयोजक वीरता जेसीजका उपाध्यक्ष अशोक चौधरीले स्वागत गरेका थिए । वीरता लेडी जेसीजकी कार्यक्रम संयोजक युनिता दवाडीले आस्था वाचन गरेको कार्यक्रममा वीरता जेसीजका पूर्वअध्यक्ष आनन्दकुमार बस्नेत, निवर्तमान अध्यक्ष सञ्जु भारती, वीरता लेडी जेसीजकी पूर्वअध्यक्षहरु पार्वता विमली, उर्मिला खरेल, रजनी बजगाई, निवर्तमान अध्यक्ष नैनकला भट्टराई, अलैंची व्यवसायी महासंघका ओमकृष्ण विमली, नेपाल राष्ट्रिय वाणिज्य संघ झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य भीष्मराज खरेल, बक्सिङका गोल्डमेडलिष्ट राम दाहाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई, बिर्तामोड उद्योग वाणिज्य संघका सचिव रवीन्द्र भट्टराई, व्यवसायी देवेन्द्रकुमार सिंह, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल लगायतको आतिथ्य रहेको शाखा सम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution