शिक्षक नियुक्ति परीक्षा रद्द गर्न माग


Spread the love
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ, १ फागुन । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल ताप्लेजुङले सोमबार एक विज्ञप्ति प्रकाशित गरी जिल्ला शिक्षा कार्यालय ताप्लेजुङको परीक्षा शाखामा गरिएको तालाबन्दी कायम रहने जनाएको छ । संघले जिल्ला शिक्षा कार्यालय ताप्लेजुङ समक्ष ५ सुत्रीय मागपत्र पेश गरेको छ ।
विज्ञप्तिमा मागको उचित सम्बोधन गर्न आग्रह गर्दै अन्यथा परिणामको जिम्मा आफैं लिन समेत जिशिकाको ध्यानाकर्षण गराएको छ । अस्थायी नियुक्ति प्रक्रियाको परीक्षा प्रणालीप्रति असहमति राख्दै युवा संघले अथायी शिक्षक नियुक्ति प्रक्रियालाई निश्पक्ष र धाँधलीरहित बनाउन माग गरेको छ । नियुक्ति प्रक्रिया र परीक्षा प्रणालीमा नराम्रो चलखेल भएको आरोपसहित परीक्षा शाखामा तालाबन्दी गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
युवा संघका केन्द्रीय सदस्य दीपेन पोमू र जिल्ला अध्यक्ष आशिष केदेमद्वारा हस्ताक्ष्रित विज्ञप्तिमा बिभिन्न अन्य पेशामा आवद्ध भई शिक्षक पेशालाई ऐच्छिक जस्तो गर्ने शिक्षकलाई कारवाही गर्न, विषयवस्तुमा दक्षता हासिल गर्न नखोज्ने तथा कक्षाकोठामा नजाने तथा लापरबाही गर्ने शिक्षकलाई कारबाही गर्न माग गरेको छ ।
जिल्ला शिक्षा कार्यालयले २०७४ साल माघ २८ गते सञ्चालन गरेको अस्थायी शिक्षक नियुक्तिका लागि सञ्चालन गरिएको परीक्षाको खारेजी तथा सबै बिद्यालयलाई हेर्ने दृष्टिकोण एउटै बनाउन जिशिका समक्ष माग गरेको छ । उसले शिक्षा नियमावली अनुसारको दरबन्दी कायम गर्न बिद्यार्थी अनुपात बढाएर दरबन्दी थमौती गरी राज्यकोषको दोहन गरिएको भन्दै अविलम्ब यो प्रक्रिया रोक्न समेत माग गरेको छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution