सैद्धान्तिक विषयमा संयोजन समितिको बैठक जारी

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने अनुमान गरिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution