आयोजकलाई हराउदै सुरुङ्गा भेट्रान फाइनल प्रवेश

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काँकरभिट्टा, ४ चैत । नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिता अन्र्तगत आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लवलाई सडन डेथमा हराउँदै सुरुङ्गा भेट्रान फुटबल क्लव फाइनल प्रवेश गरेको छ ।
काँकरभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगितामा सडन डेथमा ५–६ गोल अन्तरले सुरुङ्गा विजयी भएको हो । खेलको पहिलो हाफको २३ र ३० औं मिनेटमा सुरुङ्गाका सन्तोष श्रेष्ठले २ गोल गर्दै अग्रता लिएका थिए ।
त्यस्तै दोस्रो हाफको १४ औं मिनेटमा काँकरभिट्टाका राकेश श्रेष्ठ र २५ औं मिनेटमा काँकरभिट्टाकै सरोज थापाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
निर्धारित समयसम्म खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा समेत दुवै टिमका तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि खेल बराबरी भएपछि सडन डेथमा सुरुङ्गाले फाइनलको यात्रा तय गरेको हो ।


आइतबार भएको खेलको म्यान अफ दी म्याज विजेता टिमका गोल रक्षक सुवास मेचे घोषित भएका छन् ।
मङ्गलबार हुने फाइनल खेलमा विर्तामोड भेट्रान फुटबल क्लव र सुरुङ्गा भेट्रान फुटबल क्लवबीच प्रतिष्पर्धा हुने आयोजक क्लवका सचिव कर्ण थापा मगरले जानकारी दिए ।
सो प्रतियोगिताको विजेता टिमले नगद राशी १ लाख २५ हजार तथा उप विजेताले ५१ हजार रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution