उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ४ चैत । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित भएका छन् ।

उपराष्ट्रपति पदमा उनको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिए । उनको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल थिए । यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहका थिए ।

उनलाई आजै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution