ओली-नेपाल सहमतिः भावी अध्यक्षमा माधव नेपाल

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २ चैत । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनमा उम्मेदवारको भागवण्डा, पार्टीबाट समानुपातिक उम्मेदवाको सिफारिस पार्टी एकीकरणमा पार्टी एकता संयोजक समितिको सदस्यमा रहेर भूमिका निर्वाह गरेका महासचिव इश्वर पोखरेल अर्थमन्त्रीमा आकांक्षा देखाएका थिए ।

तर पार्टीभित्र गुट चलाउँदै आएका वरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी अध्यक्ष केपी ओलीबीच भएको सहमतिअनुसार महासचिव पोखरेललाई रक्षामन्त्री बनाइएको बताइएको छ ।
नेपाल र उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने पक्षमा उभिएका थिए । लगत्तै ओली र नेपालबीच पार्टी एकीकरण भएपछि बन्ने एकीकृत पार्टीको भावी अध्यक्षमा माधव नेपाललाई अगाडि सार्ने समहतिपछि खनाल राष्ट्रपतिको रिङबाट आउट भएका थिए ।

ओली रनेपालबीच भएको समहतिअनुसार ओलीपछिको दोस्रो नेताको रुपमा नेपाललाई अगाडि सारिने भएको छ । पार्टीमा जिम्मेवारी ओलीपछि रहेका महासचिव पोखरेललाई रक्षामन्त्री बनाएपछि नेपाल सक्रिय भएको बताइएको छ ।

भावी अध्यक्षको रुपमा ओलीले नेपाललाई अगाडि सार्ने समहतिअनुसार नेपालले नवौ महाधिवेशनदेखि सञ्चालन गर्दै आएको गुट ओली पक्षसँग मिलेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution