काँकरभिट्टा भेट्रान सेमीफाइनलमा, विर्तामोड भेट्रान फाइनलमा

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, ३ चैत । काँकरभिट्टा माविको खेल मैदानमा जारी नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिता अन्र्तगत शनिबार भएको खेलबाट आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लव सेमीफाइनल र विर्तामोड भेट्रान फुटबल क्लव फाइनल प्रवेश गरेको छ ।
काँकरभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा जारी प्रतियोगिता अन्र्तगत सातौं दिनको पहिलो तथा अन्तिम क्वाटरफाइनल खेलमा दार्जिलिङ्ग युनाइटेड भेट्रान फुटबल क्लव भारतलाई ०–३ गोलले पराजित गर्दै काँकरभिट्टा भेट्रान सेमीफाइनल प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको १९ औं मिनेटमा विजेता टिम काँकरभिट्टा भेट्रानका राकेश श्रेष्ठले पहिलो गोल गर्दै अग्रता लिएका थिए भने २८ र २९ औं मिनेटमा उक्त टिमका रमेशकुमार बस्नेतले २ गोल गरी आफ्नो टिमको विजय सुनिश्चित गरेका थिए ।


उक्त खेलको दोस्रो हाफमा दुवै टिमका तर्फबाट थप गोल हुन सकेन । शनिबार नै भएको दोस्रो तथा पहिलो सेमिफाइनल खेलमा धाइजन–चारआली भेट्रान फुटबल क्लवलाई १–२ गोल अन्तरले हराउँदै विर्तामोड भेट्रानले फाइनलको यात्रा तय गरेको हो ।
खेलको पहिलो हाफको ११ औं मिनेटमा विर्तामोड भेट्रानका सुवास अक्ताबले पहिलो गोल गर्दै अग्रता लिएका थिए भने पहिलो हाफको २० औं मिनेटमा धाइजन–चारआली भेट्रानका सञ्जय थापाले गोल गर्दै खेललाइर्् बराबरीमा पुर्याएका थिए ।
खेलको दोस्रो हाफको २६ औं मिनेटमा विर्तामोड भेट्रानका नगेन्द्रमणि लिम्बुले गोल गर्दै आफ्नो टिमको विजय पक्का गरेका थिए । शनिबार भएको पहिलो खेलको म्यान अफ दी म्याच घोषित काँकरभिट्टा भेट्रानका राकेश श्रेष्ठलाई नेपाल बहुउद्धेश्सीय सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती र कराँतेका अन्र्तराष्ट्रिय रेफ्रि राजु महर्जनले २१ सय रुपैयाँ, ट्रफि र डमी चेक प्रदान गरेका थिए ।


त्यस्तै दोस्रो खेलको म्यान अफ दी म्याच घोषित विर्तामोड भेट्रानका नगेन्द्रमणि लिम्बूलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख टंकप्रसाद भट्टराई र झापा फुटबल संघका पूर्व अध्यक्ष बालाजित राईले २१ सय रुपैयाँ, ट्रफि र डमी चेक हस्तान्तरण गरेका थिए ।
प्रतियोगिता अवधिभरका प्रत्येक खेलका म्यान अफ दी म्याचलाई डमी चेक नेपाल बहुउद्धेश्सीय सहकारी संस्था झापाले सौजन्य गरेको छ । आइतबार हुने अन्तिम सेमिफाइनल खेलमा आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लव र सुरुङ्गा भेट्रान फुटबल क्लवबीच प्रतिष्पर्धा हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution