कांग्रेस ३ नम्बर प्रदेशमा संसदीय दल प्रमुख सचेतकमा घले

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १४ चैत । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतकमा राधा घलेलाई चयन गरेको छ।

संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बुधबार पार्टी कार्यालय हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो। त्यस्तै, सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा तथा अनुशासन समितिको संयोजकमा विजुला बर्मालाई चयन गरेको छ।

बैठकले प्रदेशमा बन्ने ५ वटा विषयगत समितिमध्ये कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दलको तर्फबाट न्हुच्छेनारायण श्रेष्ठको उम्मेदवारी दिने निर्णय गरेको सदस्य सचिव निमा लामाले जानकारी दिएका छन्।

त्यस्तै, बैठकले हालै भएको यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालीसहित ४९ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार र मृतकलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution