क्षयरोगबाट वार्षिक ७ हजारको मृत्यु

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

भद्रपुर, १० चैत । नेपालमा क्षय रोगकाकारण प्रतिवर्ष ७ हजार मानिसको ज्यान जाने गरेको पाइएको छ । अन्तराष्ट्रिय क्षयरोग दिवशको अवसर पारेर जिल्ला जनश्वास्थ्य कार्यालय झापाले आयोजना गरेको पत्रकार अन्र्तक्रिया कार्यक्रममा दिइएको विवरणले यस्तो देखाएको हो ।
हरेक वर्ष नेपालमा ८० हजार क्षय रोगी उपचारमा रहने मध्ये १० प्रतिशत उपचारविधिको पालना नगर्दा विभिन्न कारणले ज्यान गुमाउने गरेका छन् । झापामा गत आर्थिक वर्षमा ३ सय ७६ महिला तथा ६ सय ९४ पुरुष गरी एक हजार ७० जना क्षयरोगी उपचार सेवामा आएकामा ९ जनाको उपचारको क्रममै मृत्यु भएको क्षय कुष्ट रोग अधिकृत प्रमोद दाहालले जानकारी दिए । अधिकृत दाहालका अनुसार यस आर्थिक वर्षको पहिलो चौमाशिकमा ९४ जना महिला तथा २ सय ४० गरी ३ सय ३४ जना नयाँ क्षयरोगी उपचारमा रहेका छन् ।
जिल्ला जनश्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य अधिकृत मधुशुदन कोइरालाको अध्यक्षता तथा क्षय कुष्ट रोग अधिकृत प्रमोद दाहालले सहजीकरण गरेको कार्यक्रममा क्षयरोग निवारण संस्था झापाका सभापति गोवर्धन प्रधान लगायतले आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution