चट्याङ लागेर युवकको मृत्यु

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, २९ फागुन । सोमबार राति झापाको भद्रपुरमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ निवासी १९ वर्षीय यामबहादुर लिम्बू रहेका छन् । उनलाई गएराति वर्षासँगै परेको चट्याङ लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution