झापाकी पहिलो महिला सम्पादक-प्रकाशक सम्मानित

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काँकडभिट्टा, ३ चैत । ‘नारी सञ्चार गृह’ले आज झापाको पहिलो महिला सम्पादक तथा प्रकाशकलाई सम्मान गरेको छ ।

विसं २०२६ मा प्रकाशक÷सम्पादकको भूमिका निर्वाह गर्दै झापाली पत्रकारितामा कलम चलाउने पहिलो महिला पत्रकार बेदकुमारी रेग्मीलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्ला अर्पण गर्दै सम्मान गरिएको हो ।

माघ २५ गते भएको अधिवेशनबाट निर्वाचित सञ्चार गृहको नेतृत्वको पद हस्तान्तरण कार्यक्रममा रेग्मीलाई सम्मान गरिएको हो । एकासी वर्षीय रेग्मी बिरामीका कारण कार्यक्रममा उपस्थित हुन सक्नुभएन । सो पुरस्कार उनका श्रीमान् तथा वरिष्ठ साहित्यकार चूडामणि रेग्मीले ग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution