ताप्लेजुङको होटलमा आगलागी

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

प्रयास लिम्बू
ताप्लेजुङ, ९ चैत । ताप्लेजुङ सदरमुकाममा रहेको एक होटलमा शुक्रबार बिहानै आगलागी भएको छ । सदरमुकाम फुङ्लिङबजारको प्रवेशद्वार हेलप्याड नजिकै रहेको होटल ईको भ्यू पोइन्टमा बिहान ६ः५ बजे नै आगलागी भएको हो ।
आगलागीले उक्त होटलको माथिल्लो तला जलेर पूण रुपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक काशीनाथ रेग्मीका अनुसार होटलको भान्सा कोठामा विद्युत सर्ट भएर आगलागी सुरु भएको हो । पूर्ण विवरण भने आउन बाँकी नै रहेको रेग्मीले बताए ।


होटलमा लागेको आगो नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र (दमकल) सहित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जुटेका थिए । करिव एक घन्टा पछि आगो नियन्त्रणमा आएको र होटलको जलहरु रहेको तल्लो तलाहरुमा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution