नबिनले ल्याए ‘गाउँकी परि’

Image

शेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  

काठमाडौं , ४ चैत । सांगीतिक जीवनको पहिलो गीत ‘एउटा गीत’ गाएर नेपाली गीत संगीतको आकाशमा उदाएका इलामेली गायक नबिन खतिवडाले भर्खरै बजारमा ‘गाउँकी परी’ नामक अर्को गीत ल्याएका छन् ।

उच्च शिक्षा र रोजगारीको क्रममा हाल जापानमा रहेका गायक खतिवडाले आफ्नै एकल शब्द, संगीत र स्वरमा रहेको गीत बजारमा ल्याएका हुन् । ‘‘मैले गाएको गीत लोक पप हो,’’ सजिलो खबरसँग कुराकानी गर्दै खतिवडाले भने–‘‘पहिलो गीतले मेरो सांगीतक यात्रालाई अझै प्रष्ट पार्यो, धेरै शुभेच्छुकहरुको हौसला र साथ पाएँ, त्यसकारण यो गीत बजारमा ल्याएको हुँ ।’’
रेभल क्रिएसन पुतलिसडक काठमाडौंमा रेकर्ड गरिएको यो गीतमा सन्दीप कार्कीको ‘एरेञ्ज’ रहेको छ। गायक खतिवडाका अनुसार यो गीत भर्सटाएल युट्युव टिभी मार्फत पहिलो पटक सार्वजनीक गरिएको हो ।

‘‘आफ्नै जीवनमा भएका उतरचडाव अनि प्रेम प्रसङ्ग पनि गीतमा समावेश भएका छन्,’’ ठट्यौली पारामा जापानबाटै गायक खतिवडाले सजिलो खबरसँगको कुराकानीमा भने–‘‘एल्वम निकाल्ने सोचले यो दोश्रो गीत पनि बजारमा ल्याएको हुँ, आशा छ पहिलो गीतमा जस्तै श्रोताहरुबाट माया पाउँनेछु।’’ गायक खतिवडाका अनुसार यो गीतको म्युजीक भिडियो चाँडै बजारमा ल्याउँने तयारी भइरहेको छ ।
गीत यहाँ सुन्न सकिन्छ ।

Gauki euti pari || Latest Nepali Song || Nabin Khatiwoda || Lyrical Video

तपाईको प्रतिक्रिया

Image
Image
Image

© 2018 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution