पत्रकार महासंघ झापाका अध्यक्षलाई पितृशोक

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, २९ फागुन । नेपाल पत्रकार महासंघका अध्यक्ष तथा सजिलो खबर डटकमका सम्पादक तारामणि सापकोटालाई पितृशोक परेको छ ।

सापकोटाका ८१ बर्षीय पिता युनाथमणि सापकोटाको मङ्गबार अपरान्ह १ बजे झापाको शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित नीजि निवासमै मृत्यु भएको हो ।

उनी लिभर क्यान्सरबाट पीडित थिए । एक महिना अघि ओम हस्टिपटल काठमाडौं र भक्तपुरस्थित क्यान्सर हस्पिटलमा उपचाररत सापकोटालाई डाक्टरकै सल्लाहमा घर ल्याइएको थियो ।

उनका दुई श्रीमती हुमादेवी र दिलकुमारी सापकोटा छन् । सापकोटाका ५ छोरा होमप्रसाद, दिलप्रसाद, जयप्रसाद, कमलप्रसाद र तारामणि सापकोटा रहेका छन् । जसमध्ये जेठो होमप्रसादको पहिल्यै निधन भइसकेको परिवारले जनाएको छ । स्व. सापकोटाका दुई छोरीहरु भीमा काफ्ले र लक्ष्मी रहेका छन् ।

उनको मङ्गलबारै ४ बजे कनकाई माईमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution