राष्ट्रियसभाको उपाध्यक्षका लागि आज निर्वाचन

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज मतदान हुँदैछ।

राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले रानाले उम्मेद्वारी दिएका छन्।

५९ सदस्यीय राष्ट्रिय सभाको ५८ जनाले निर्वाचनमा मतदान गर्नेछन्।

अध्यक्षले मत बराबर भएको अवस्थामा मात्र मतदान गर्नेछन्। वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले शशिकला दाहालको निर्वाचित हुने निश्चित प्राय छ।

उपाध्यक्षका उम्मेदवार दाहाल प्रदेश २ बाट राष्ट्रियसभामा निर्वाचित भएकी हुन्। आले राना भने प्रदेश ४ बाट निर्वाचित भएकी हुन्।

राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद तिमिल्सिना निर्वाचित भैसकेका छन्।

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाले सभामुख र उपसभामुख पाइसकेको छ।

प्रतिनिधिसभाको सभामुख माओवादी केन्द्रले पाएको थियो भने राष्ट्रिय सभाको अध्यक्ष एमालेले पाएको थियो।

प्रतिनिधिसभाको उपाध्यक्षमा शुक्रबार शिवमाया तुम्बाहाम्फे विजयी भएकी थिइन्। राष्ट्रिय सभाको उपाध्यक्ष भने माओवादी केन्द्रको भागमा परेको थियो।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution