वाम गठबन्धन धेरै दिन टिक्तैनः महासचिव मैनाली

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

दाङ, ३ चैत । नेकपा मालेका महासचिव सिपी मैनालीले वाम गठबन्धन धेरै दिन टिक्न नसक्ने बताएका छन् ।

आज दाङमा नेकपा मालेको राष्ट्रिय परिषद् अधिवेशनको समापनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

वाम गठबन्धको नेतृत्व गर्नेको चरित्रका कारण एकता नटिक्ने उनको भनाइ रहेको छ । “शक्ति र सत्ताका लागि भएको वाम गठबन्धन कसरी टिक्छ”, महासचिव मैनालीले बताए । वाम गठबन्धनमा मुख्य समस्या नीतिगत रहेको उनको भनाइ थियो ।

उनले वाम गठबन्धनको एकता टिकोस् भन्ने चाहना भने रहेको बताए । “हामीले एकता टिकोस् देशको विकास होस् भन्ने चाहान्छौँ”, मैनालीले भने । मैनालीले आफ्नो पार्टीले एजेण्डा मिल्नेहरुसँग सहकार्य गरेर अगाडि बढ्नेसमेत बताए ।

पत्रकार समेलनमा राष्ट्रिय परिषद् सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिए । चैत १ गतेदेखि शुरु भएको राष्ट्रिय परिषद् अधिवेशन ३ गतेसम्म सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution