सिंहदरबारभित्र मन्त्रालयकै मोटरसाइकल चोरी

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, १० चैत । सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको अवस्थामा चैत १ गते चोरी भएको सोही मन्त्रालयको बा १ ब ९९१३ नम्बरको मोटरसाइकलसहित चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी ललितपुर पुल्चोक बस्ने चितवन रत्ननगर नगरपालिका ७ का ३२ बर्षीय रमेश सुनार र उनैका भाइ ३० बर्षीय दिनेश सुनार रहेका छन् ।

अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा मोटरसाइकल दिनेशलाई दिएको खुल्न आएको प्रहरीले जानकारी दियो । त्यसपछि इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकलसहित दिनेशलाई बिहीबार चितवनाट पक्राउ गरिएको हो । आजको नोपल समाचारपत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution