सुनचाँदी व्यवसायीको हत्यामा संलग्न २० भन्दा बढी पक्राउ

 बिर्तामोड बन्द

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, २९ फागुन । सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको हत्यामा संलग्न २० जना भन्दा बढी पक्राउ परेका छन् । हत्याको बिरोधमा बिर्तामोड उद्योग बाणिज्य संघ र सुनचाँदी व्यवसायी संघले आज बिर्तामोड बन्द गरेको छ । व्यवसायीले बिरोध ¥यालीसहित बजार बन्द गरेका हुन् ।
सुनचाँदी कारोवारको बिषयलाई लिएर मुखियाको हत्यो भएको स्रोतले बताएको छ । प्रहरीले हत्यामा संलग्न व्यक्तिको आजै अदालतमा म्याद थपगरी सार्वजनिक गर्ने तयारी गरेको छ । पक्राउ परेका व्यक्ति इलाका प्रहरी कार्यालय बिर्तामोडको सहासतमा छन् ।
प्रहरीले पक्राउ परेका व्यक्तिको पुरा बिवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । मुखियाको सुनचाँदीको बिषयमा हत्या भएको खुलेको छ । बिर्तामोड स्थित कृषिथोक लाइनको राधे रिद्धिसिद्धी ज्वेलर्सका संचालक पारस देवको योजनामा मुखियाको हत्या भएको खुलेको छ । उनलाई ओली र पौडेल थरका दुई युवा सहयोग गरेका थिए । स्रोतका अनुसार देवले सुनचाँदीको लगभग ७० लाख भन्दा बढी मुखियालाई बुझाउन बाँकी रहेको थियो । उक्त रकम तिर्नुको सट्टा देवले मुखियाको हत्या गरेको बताइएको छ । देव भारतको सिलिगुडीमा नेपालबाट सुनचाँदी तस्करी गर्दै आएको बताइएको छ ।

फागुन २० गतेबाट मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरी इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो ।
पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ प्रहरीले जानकारी दिएको छ । बिर्तामोडस्थित दावा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक मुृखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै बाहिरिएका थिए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution