कांग्रेस बैठकः गोपालमान अगाडि तानिँदा प्रकाशमान आगो

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ११ चैत । कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप(प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए ।
यसअघि मर्यादाक्रम नमिल्दा पूर्वउपसभापति गोपालमान श्रेष्ठ केन्द्रीय समितिमा उपस्थित भए पनि उपस्थितिपुस्तिकामा हस्ताक्षर गरेका थिएनन् । मर्यादाक्रम मिलाउन बनेको ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको समितिले शनिबारबाट उनलाई पदाधिकारीको लहरमा राखेको छ । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवपछि श्रेष्ठको कुर्सी राखिएको छ । उनलाई आफूभन्दा मर्यादाक्रममा अगाडि राखिएको भन्दै पूर्वमहामन्त्री प्रकाशमान सिंहले आपत्ति जनाए । आफू पनि उपसभापति भइसकेको भन्दै अगाडि हुनुपर्ने उनको माग छ । कांग्रेस फुटेका बेला प्रजातान्त्रिक कांग्रेसमा श्रेष्ठसँगै सिंह पनि उपसभापति थिए । तर, मर्यादाक्रममा श्रेष्ठ अगाडि थिए । पार्टी एकीकरणपछि पनि श्रेष्ठभन्दा सिंह पछाडि नै थिए । सुशील कोइराला सभापति भएपछि महामन्त्री भएका सिंह गोपालमानभन्दा अगाडि भए ।

यो क्रम १३औँ महाधिवेशनपछि पनि कायम हुन पुग्यो । वरिष्ठ र उपसभापति पनि भइसकेकाले अगाडि हुनुपर्ने उनको माग थियो । उनी बैठकमा उपस्थित भए पनि पछाडि राखिएको भन्दै उपस्थितिमा हस्ताक्षर गर्दैनथे । १३औँ महाधिवेशनलगत्तै श्रेष्ठलाई पदाधिकारीपछि प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाभन्दा पछि सातौँ नम्बरमा राखिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution