कोचिला गाभुर फ्रन्टको समीति गठन

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, ४ चैत । झापाको बुद्धशान्ती गाउँपालिकामा बिनय राजवंशीको नेतृत्वमा कोचिला गाभुर फ्रन्ट सामाजिक संंस्थाको ११ सदस्यीय समीति गठन भएको छ ।
समितिको उपाध्यक्षमा हरिचन्द्र राजवंशी चयन भएका छन्, भने सचिवमा हरिपद राजवंशी, सहसचिवमा दिनेस राजवंशी, कोषाध्यक्षमा मिना राजवंशी, सदस्यहरु दिपक राजवंशी, पदम राजवंशी, मधु राजवंशी, पोटल राजवंशी, तिलका राजवंशी र कुमारी राजवंशी चयन भएका छन् ।
त्यसैगरी गोबिन्द राजवंशीको सयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समीति समेत गठन भएको छ । कार्यक्रममा के.जी.एफ मेचिनगरका अध्यक्ष मुलुकचन्द्र राजवंशी, रा.स.वि.स. साविक बुधबारेका अध्यक्ष पसन्न राजवंशी, कोचिला महिला फ्रन्टका अध्यक्ष सनम राजवंशी, रा.स.वि.स. साविक धाइजनका अध्यक्ष अ्मुल्य राजवंशी, अर्जुनधारा नगरका समाजसेवी रमेश चन्द्र राजवंशी लगायतले मन्तब्य राखेका थिए ।


संस्थाका सचिव हंशनारायण राजवंशीको सभापतित्व तथा फ्रन्टका केन्द्रिय उपाध्यक्ष मोहन राजवंशीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत एवम औचित्य बारे अध्यक्ष कुवेर प्रसाद राजवंशीले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण केन्द्रिय सह सचिव तथा कोचिला सांस्कृतिक फ्रन्टका अध्यक्ष मुनिलाल राजवंशीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution