विद्यार्थी कुट्ने शिक्षक नियन्त्रणमा

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, ९ चैत । विद्यार्थीको शरीरमा गहिरो निलडाम हुने गरी कुट्ने एक शिक्षकलाई झापामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा मेचीनगर ५ मा सञ्चालन भएको ग्रिन भिलेज अग्रेजी विद्यालयका शिक्षक प्रवेश निरौलाले कक्षा एक मा पढ्ने ६ वर्षीय दिप्सन राउतको ढाडमा गहिरो निलडाम हुने गरी बुधवार कुटेका थिए ।
परिवारलाई बिहीबार बिहान मात्र थाहा भएपछि पीडित बालकका परिवारले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी दिएका थिए । उजुरी पछि उनलाई विद्यालयबाटै नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको डिएसपी टंकप्रसाद भट्टराईले जानकारी दिए । दोषी शिक्षकलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने पीडित बालकका हजुरबुवा बिर्खवहादुर राउतले बताए ।
विद्यार्थीलाई शरीरमा गहिरो चोट पुग्ने गरी कुट्ने शिक्षकलाई विद्यालयको तर्फबाट माफी नदिने विद्यालयका संञ्चालक हरि बुढाथोकीले बताए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution