भर्ना अभियानमा त्रिभूवन मावि

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

बुद्धशान्ति, १ बैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ झापाको बुद्धशान्ति–१ स्थित त्रिभूवन माध्यमिक विद्यालय होक्सेले नयाँ शैक्षिक सत्रका भर्ना अभियान सञ्चालन गरेको छ ।

विद्यालयले चैत २३ गतेदेखि तथ्यांक संकलन तथा भर्ना अभियान सञ्चालन गरेको हो । त्रिभूवन माविमा नर्सरीदेखि कक्षा–५ सम्म अंग्रेजी माध्यममा र कक्षा–६ देखि ९सम्म नेपाली माध्यममा अध्यापन हुँदै आएको छ भने कक्षा–६ मा पनि यसै शैक्षिक सत्रदेखि अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुने विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिए ।

विद्यालय बाहिर रहेका ३ वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सुरु गरिएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिनाले बताए । भर्ना अभियानका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सल्लाहकार समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकको टोली घरदैलोमा पुगिरहेका छन् ।

वुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष भीमकुमार नेवार, वडा सदस्य तारावीर घिमिरे, यमुना चापागाईं, टीका धिमाल, मनमाया ल्वागुनसहित अभिभावक, विद्यार्थी र शिक्षक सहभागी अभियानमा दैनिक ९ देखि ६० जनासम्म सहभागी भएको शिक्षक अभिभावक संघ अध्यक्ष नन्दकुमार तिमसिनाले जानकारी दिए ।

हाल विद्यालयमा ३८० विद्यार्थी रहेका छन् भने अभियानसँगै नयाँ शैक्षिक सत्रमा विद्यार्थी संख्या बढ्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution