बस दुर्घटना हुँदा ३७ यात्रु घाइते, दुई जना गम्भीर

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

दाङ, २ जेठ । सल्यानमा बस दुर्घटना हुँदा ३७ यात्रु घाइते भएका छन्।

जिल्लाको शारदा नगरपालिका वडा नं। १ पटनेरीमा बुधबार दुइटा बस आपसमा ठोक्किदा दुबै बसमा सवार ३७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख भरत विश्वकर्माले जानकारी दिए।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सल्यान प्रहरीले जानकारी दिएको छ। गम्भीर दुई जना घाइतेहरूको स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि बाँके पठाइएको छ।

अन्य घाइतेहरूको श्री नगरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

बुधबार बिहान ११ बजेतिर जिल्लाको लक्ष्मीपुरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ६ ख २५०५ नम्बरको बस र श्री नगरबाट खलंगातर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस पटनेरी भन्ने स्थानमा एक आपसमा ठोक्किएका थिए। डिएसपी विश्वकर्माका अनुसार ट्रेक्करलाई साइड दिने क्रममा बस आपसमा ठोक्किएका थिए।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution