चर्चित ब्याण्ड विर्तामोड उत्रिदैं

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

विर्तामोड, २३ बैसाख । झापाको विर्तामोडमा जेठ २ गते बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको छ । फेरि उठ्नेछ नेपाल नाम दिइएको कार्यक्रम विर्तामोडस्थित सुगम पेट्रोल पम्प नजिकैको मैदानमा हुने कार्यक्रम संयोजक विशाल अग्रवालले जानकारी दिए ।
नेपथ्यले शुरु गरेको यो कार्यक्रम देशभर भइरहेको छ । विर्तामोडमा टिम एफ.एस.वाई.सीले स्थानीय संयोजनको जिम्मेवारी पाएको छ । अर्ना प्रोजेक्ट वन लाइभ इन विर्तामोडको भव्य तयारी भएको आयोजक समितिका सदस्य निकेश लिम्बूले जानकारी दिए । लाइभ कन्सर्ट हुने सो कार्यक्रममा मुक्ति शाक्य,रविन तामाङ,स्पनिल शर्मा,निशान शाही लगायत कालाकारको टोली आउने प्रभाव गिरीले जानकारी दिए । विर्तामोडमा तयारी गरिएको सो कन्सर्टमा झापासहित इलाम र मोरङबाट समेत दर्शक आउने अपेक्षा गरिएको छ ।
भूकम्पले राष्ट्रमा ठुलो क्षति पुगेपछि संगित यात्राको माध्यमबाट फेरि उठ्नेछ नेपाल सन्देश दिन खोजिएको छ । युवापुस्तालाई संगितको माध्यमबाट सामाजिक काममा उत्प्रेरणा दिन कार्यक्रम महत्वपूर्ण हुने आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution