Image

अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने

४० मिनेट अगाडि

काठमाडौँ, ४ पुस नेपाल खेलकूद महासङ्घ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो सङ्घको आयोजनामा पाँचौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपाल, जापान र भूटानका गरी २९६ खेलाडीको सहभागिता रहने आयोजक राष्ट्रिय जुडो सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिए. . .

झापा, २२ मंसिर । लेप्चा जातिका प्रथम कथाकार सुमन लेप्चा वाङ्चुको नयाँ गित “पागल” सार्बजनिक भएको छ ।

पुर्वी नेपालको बुद्धशान्ति ७ मा जन्मिएका गीत रचनामा पोख्त लेप्चाले लिरिकल भिडियो सार्वजनिक गरेका हुन् । गायक जितेन लेप्चाले स्वर र संगीत दिएको उक्त गितको चाडै नै म्युजिक भिडियो बनाई प्रस्तुत गर्ने गितकार सुमनले बताए ।

युवापुस्तामाझ निकै लोकप्रिय अनि चर्चित गायक जितेन लेप्चाले गाएको उक्त गीत निकै राम्रो भएकोले संगीतप्रेमीले रुचाउने गीतकार लेप्चाले बताएका छन् । यता प्राय प्रेमिल शब्दहरुले नै सजिएको गीतहरु गाउँदै आफुलाई संगीत र गायन छेत्रमा अब्बल चिनाइरहेक गायक जितेन लेप्चाले लिरिकल गीत पनि प्रेमिल अनि माया प्रेमका भाव समावेश रहेको हँुदा उत्कृष्ट भएको बताएका छन् ।

फणिन्द्र राईको संगीत संयोजन रहेको उक्त लिरिकल भिडियो गायक लेप्चाको आफ्नै युट्यूव च्यानल मार्फत सार्वजानीक गरेका हुन् । पर्पल रेकर्डिङ्ग स्टुडियोमा सरन चिनामले रेकर्ड गरेको यस गीतलाई मिक्सिंग भने सुमन खड्काले गरेका छन । यसअघि पनि गीतकार सुमन लेप्चाको ‘यो जिन्दगी घुमाउरो बाटो जस्ता’ बोलको गितको भिडियो सार्र्वजनिक भईसकेको छ । जसमा झापाली गायक तारा लक्सम लिम्बुले स्वर दिएका छन् भने संगित दिपेन याक्थुम्बाले दिएका छन् ।

मोरङ, ४ मंसिर । मोरङको उर्लाबारीमा भीषण आगलागी भएको छ । उर्लाबारी–७ को इटहरा रोडमा भक्तिराम अधिकारीको पसलमा आगलागी भएको हो ।

आगलागीबाट अधिकारीको हेलसेल किराना पसलमा पूर्ण रुपमा क्षति भएको छ । करिब पौने २ बजेतिर किराना पसलबाट आगलागी सुरु भएको उर्लाबारी प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागी दमक, विर्तामोड र इटहरीबाट आएका दमकलले आगो नियन्त्रणमा लिएका छन् ।

अधिकारीको घरको भुईतल्ला पक्की, माथिल्लो तल्ला काठको र टिनको छानो थियो । होलसेल र खुद्रा दुवै किसिमका किराना पसल सञ्चालन गर्दै आएका अधिकारीको घरमा आगलागि हुँदा कति क्षति भयो भन्ने विस्तृत विवरण आएको छैन । घरका सबै सदस्य आफन्तको विवाहमा गएको बेला सो घटना भएको हो । आगलागिबाट घरभित्र रहेका नगद, खाद्यान्न, कागजपत्र, धातुलगायत अन्य सम्पूर्ण जिन्सी सामग्री जलेर नष्ट भएको छ ।

आगलागि कसरी भएको भन्ने यकिन नभएपनि घरमा सल्काइएको दियो बत्तीका कारण सो घटना भएको छिमेकीहरुको आशंका छ । तर, प्रहरीले भने यसको पुष्टि गरेको छैन । अधिकारीको घर जलेपछि दक्षीणतर्फ सिमाना जोडिएको श्याम खुलालको घरमा समेत जलेर क्षति पुगेको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी र स–शस्त्र प्रहरी उद्धारमा खटिएका छन् ।

दिउँसो सवा एक बजेदेखि सुरु भएको आगलागि पौने चार बजे नियन्त्रणमा आएको छ ।

काठमाडौँ, २५ असोज । चलचित्र ‘कथा काठमान्डु’को नयाँ गीत सार्वजनिक भएको छ ।

तिमीलाई हेर्न पाउ बोलको गीत हिजो हाइलाइट्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक कमल खत्री र गायिका श्रेया सोटाङको आवाज रहेको छ भने गायक खत्री कै संगीत तथा शब्द रहेको छ । यस अघि चलचित्रको अन्य केही गीतहरू सार्वजनिक भइसकेका छन् । यही चलचित्रको सार्वजनिक एक गीत ‘रातको कुरा’ भने निकै विवादित बनेको थियो ।

चलचित्रलाई सङ्गीता श्रेष्ठले निर्देशन गरेकी हुन् । चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा कथा निर्देशक स्वयंमको रहेको छ । लुजा सिंहको छायाङ्कन रहेको चलचित्रलाई विजय राईले निर्माण गरेका हुन् ।

रोसन भट्टराई

झापा, २२ असोज । झापाका उदयमान मोडलका रुपमा चिनिने विराज बास्कोटाले युटुब मार्फत आइतबार अन्तिम भेट नामक म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

मनकामना कलेज अन्तरगत स्नातक तहका विद्यार्थी उनले यस अघि ३ वटा भिडियो सार्वजनिक गरि सकेको छन् । विसम आचार्यले संगित गरेको अन्तिम भेट म्यूजिक भिडियो चिरञ्जीवी अधिकारी र सरोज अधिकारीको निर्देशनमा बनेको हो ।

मार्मिक प्रेम कथामा आधारित भिडियोमा मोडल विराज बास्कोटा र सुजा पौडेलको मुख्य भुमिका रहेको छ ।

‘A’ Division League Football: Police, Brigade Boys play draw

Image

Kathmandu, Dec 19: The Nepal Police and Brigade Boys finished in a draw in a match held today under the ongoing Martyrs Memorial ‘A’ Division League, thus sharing points. The teams finished the match in 1-1 draw. With this, Nepal Police is in the fifth position of league table with 15 points and the Brigade […]

© 2018 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution