एमाले-माओवादी एकता पछि कांग्रेस भन्छ : ‘हेपाहा प्रवृत्ति’ बढ्ने डर छ

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ३ जेठ । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकता प्रमुख विपक्षी दल नेपाली कांग्रेसका लागि ‘सरप्राइज’ भएको छ । साथै सरकार, पार्टी र सिंगो राज्यसत्ता आफूप्रति एकदमै अनुदार हुने विश्लेषण पनि गरेको छ ।

सत्तारुढ एमाले र माओवादी केन्द्रले बिहीबार पार्टी एकताको घोषणा गरेका छन् ।

एमाले र माओवादीको पार्टी एकता गर्ने सहमति नयाँ होइन । दुई दलले गठबन्धन नै बनाएर चुनाव लडेका थिए र त्यसबेला नै पार्टी एकता गर्ने सहमति भएको थियो ।

तर, पटकपटक मिति तोक्दा पनि एकता घोषणा हुन सकेको थिएन । बरु दूरी बढेको थियो ।

त्यसैले कांग्रेसको ठूलो पङ्ती खासगरी नेतृत्वलाई एमाले र माओवादी मिल्दैनन् भन्ने थियो । माओवादी नेताहरुले पनि त्यस्तो सन्देश पठाइरहेको थियो । तर, दुई दलले एकता घोषणा गरे । ‘यो कांग्रेसका लागि ‘सरप्राइज’ हो’ एक नेताले भने ।

यद्यपि प्रवक्ता विश्वप्रकाश शर्माले सफल एकताका लागि कांग्रेसको तर्फबाट शुभकामना दिएका छन् ।

नेता मिनेन्द्र रिजालले पनि वाम गठबन्धनले निर्वाचनमा गरेको एउटा प्रतिवद्धता पूरा भएको बताए । साथै उनी कम्युनिष्ट आन्दोलन हिंसात्मक विद्रोहबाट संसदीय राजनीतिमा आउनु आफूहरुका लागि पनि खुसीको कुरा भएको बताउँछन् ।

तर, कांग्रेसमा खुसी भन्दा आशंका बढी छ कि अब सिंगो राज्यसत्ता आफूप्रति एकदमै अनुदार हुनेछ ।

नेताहरुका अनुसार वाम गठबन्धनको बहुमत आएसँगै धेरथोर यो डर थियो नै तर, आज विहानबाट प्रत्येकलाई लागेको छ । एक नेता भन्छन्, ‘यो सही नहुनसक्छ । तर, सिंगो राज्यसत्ता नै अनुदार भएर जान्छ, हरेक क्षेत्रमा पेल्दै जान्छ ।’

उनीहरुको ‘कांग्रेस प्रतिस्पर्धी रहेन, सहयोगी मात्र’ भन्ने केपी ओलीको पछिल्लो अभिव्यक्तिलाई त्यसको संकेत मानेका छन् । यो हेपाहा टिप्पणी भएको भन्दै एक नेताले भने, ‘आफ्नो पार्टी मिलेको बेला हाम्राबारे टिप्पणी गर्न आवश्यक थिएन । फेरि उहाँ एमाले अध्यक्ष मात्र होइन, प्रधानमन्त्री पनि हो ।’

त्यसमा सहमत देखिएका कांग्रेस नेता रिजालले पनि दुई कम्युनिष्ट पार्टी मिलेपछि शासन सञ्चालन कसरी गर्छन् हेर्नुपर्ने बताउँछन् । ‘सत्ता जहिले पनि जसको पनि पेल्ने, मिच्ने खालको हुन्छ । त्यसमाथि दुई कम्युनिष्ट पार्टी । प्रधानमन्त्री ओलीको काम गर्ने शैली पेल्ने खालको नै देखिन्छ’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution