निरीह जनप्रतिनिधि

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, जेठ २ । सल्यानस्थित शारदा नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र डाँगी लमही नगरपालिकामा सरुवा भएर आए ।

त्यसको केही समयपछि शारदाबाटै लेखा अधिकृत पनि लमहीमै सरुवा भए । शारदा नगरपालिकामा कर्मचारी अभाव हुन थाल्यो ।

तर, शारदामा कर्मचारी कटौती शृंखला यतिमै रोकिएन । लमही नगरपालिकाका कार्यकारी अधिकृत डाँगीले शारदाका अन्य तीन करारका कर्मचारीसमेत आफूकहाँ ल्याए ।

एकजना अमिन, एकजना कम्प्युटर अधिकृत र एक जना चालकलाई शारदाबाटै लमही नगरपालिकामा तानियो ।

आ’फू गएपछि करारका कर्मचारी सबै तानियो’ शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले भने ‘सक्षम कर्मचारीलाई एकैसाथ सरुवा गरिँदा काम गर्न झनै समस्या भयो ।’  आजको नागरिक दैनिकमा खबर छ । 

 

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution