ओलीको जवाफः यो टेम्पो होइन ‘जेट’ मा दुई पाइलट छन्

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ३ जेठ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुई अध्यक्षबारे रोचक जवाफ दिएका छन् ।

राष्ट्रिय सभागृहमा भइरहेको नयाँ पार्टीको घोषणासभामा सम्बोधन गर्दै अध्यक्ष अ‍ोलीले यस प्रश्नको जबाफ रसिक ढंगले दिएका हुन् । किन दुई अध्यक्ष भन्दै प्रश्न गर्नेहरुप्रति कटाक्ष गर्दै ओलीले व्यंग्यपूर्ण जवाफ दिएका हुन् । ओलीले नयाँ पार्टी टेम्पो नभएर जेट विमान भएकाले दुई अध्यक्ष राखिएको बताएका हुन् ।

‘भन्नेहरु भन्छन्, दुई अध्यक्ष भए के गरेको यो ? यो टेम्पो चलाए जस्तो होइन जेटमा पाइलट दुईटा हुन्छ’, अध्यक्ष ओलीले भने, ‘आवश्यकताले यस्तो कुरा ल्याएको हो । एउटा महा–अभियान हामीले चलाउनु छ । यो महाअभियान चलाउन हामी दुईजना छौँ । सल्लाह गरिगरी विचार विमर्स  गरीगरी अगाडि बढाउने अठोट गरेका छौँ । संकल्प गरेका छौँ ।’

ओलीले एकीकृत पार्टीको रुपमा नेकपा घोषणा हुनु आफ्नो जीवनको सबैभन्दा खुशीको क्षण भएको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution