पार्टी एकता घोषणा अघि ओली र प्रचण्डले रोपे जिन्को प्रजातिको बनस्पति

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, जेठ ३ । बल्खुस्थित स्वर्गीय जननेता मदन भण्डारीको शालिक अगाडि उभिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले अणु वमको चर्चा गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटार परिसरमा ओली र प्रचण्डले अणु वमले पनि क्षति गर्न नसक्ने विरुवा रोपेर पार्टी एकताको उदघोष गरेका छन् ।

ओलीले विभिन्न साना(साना तत्वहरु मिसिएर खतरनाक अणुवम बन्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी त्यस्तै साना(साना तत्वहरुको सम्मिश्रण भएको बताएका थिए । त्यसलगत्तै पार्टी एकता संयोजन समिति बैठकका लागि बालुवाटार पुगेका नेताहरुले संयुक्त रुपमा जापानी प्रजातिको ‘जिन्को’ नामक विरुवा रोपेका हुन् ।

एमाले नेता डा।राजन भट्टराईका अनुसार नेताहरुले बालुवाटारमा वृक्षारोपण गरेको जिन्को प्रजातिको बनस्पतिले वर्षमा तीनपटक रंग फेर्छ । अणु वमले पनि ध्वस्त गर्न नसकेको प्रजातिका रुपमा जिन्कोलाई लिइन्छ ।

पार्टी एकीकरणको खुसियालीमा वृक्षरोपण गरिएको ओलीको सचिवालयले जनाएको छ । ओली र प्रचण्डले एक(एकवटा ‘जिन्को वाइलोवा’ नामको विरुवा रोपेर पानी हालेका थिए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution