परम्परा मासिने चिन्तामा पुर्वका जोगी समुदाय

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

रविन भट्टराई, झापा, जेठ २ । रातको समयमा फेरी लगाउँदै गाउँ शहर डुल्ने र उज्यालो भएपछि ति घरबाट अन्न, नुन तेल र आनासुकी पैसा संकलन गरेर जीविकोपार्जन गर्दै आएका पुर्वका जोगी समुलायलाई अहिले आफ्नो पेशा र संस्कृती धान्न नै धाउ धाउ परेको छ ।

पछिल्लो पुस्ताले यो पेशालाई निरन्तरता नदिदा आफ्नो संस्कृतिनै लोप हुने चिन्ताले पिरोल्न थालेको तेह्रथुम फेदाप स्थित जोगी गाँउका ६१ वर्षिय बुद्धिबहादुर जोगी गुनासो गर्छन् । उनि अहिले पनि आफ्नो पेशा र संस्कृतिलाई जगेर्ना गर्न हिमाल पहाड र तराई चहारीरहेका भेटिन्छन् । झापाको बिर्तामोड आईपुगेका बुद्धिबहादुर उमेरमा जंगली जनावर वराँठको सिंग फुक्दै (जसलाई फेरी भनिन्छ) रातको समयमा हिमाल पहाड र तराई डुल्दाको याद अझै झल्झली सम्झन्छन् ।

त्यहि यादले उनलाई घरमा टिकाएर राख्न नसकेपछि उनि अहिले पनि झापाका बिभिन्न स्थानका घर घरमा रातको समयमा फेरी लगाउन र दिनमा तीनै फेरी लगाएको घरमा गएर दान थाप्न हिडिरहेका छन् । उनलाई २२ वर्षे युवक नाती चन्द्रबहादुरले साथ दिएका छन् । ‘यो नातीले त साथ दिएको छ, हाम्रो समुदायका युवा अहिले यसरी हिड्न छाडे, बुद्धिबहादुर भन्छन् – युवाले साथ नदिएपछि पेशा, संस्कार र संकृती धान्न पनि धाउ धाउ प¥यो ।’

अहिलेका छोरा नाती पुस्ताले परम्परा नधानीदिएलान भन्ने चिन्दा धेरै छ, अरु त केनै चिन्ता हुनु र ? उनि भन्छन् । तेह्रथुमको ओयाक्जुङ्गको साविक ५, ७, ८ र ९ वडामा रहेका जोगी समुदायका बृद्धहरुमध्ये केहिले यो पेशालाई अँगालेका छन् भने केहि युवाले मात्र साथ दिएको ओयाक्जुङ्ग ७ का कृष्ण जोगी बताउछन् ।

‘रातको समयमा फेरी लगाउदा गाउँ शहर डुल्ने र उज्यालो भएपछि ति घर बाट अन्न, नुन तेल र आनासुकी पैसा संकलन गरेर जीविकोपार्जन गर्नुका मज्जा पनि बेग्लै हुन्छ, कृष्णले भने – मलाईत यो पेशा र संकारनै ठिक लागेर हजुरबुबाहरुलाई साथ दिईरहेको छु ।

साउन, भदौ, असोज, कात्तिक र चैत्र महिना गरी वर्षको पाँच पटक नेपालका गाउँ र शहरमा फेरी लगाउदै डुल्ने र बाँकी समय भारतका सिक्कीम, गान्तोक, मणिपुर, दार्जिलिङ, खर्साङ, कालिङपोङ लगायतका शहर बजार सम्म पुगेर फेरी लगाउने र तिन चार महिनामा घर फर्किने पाका पुस्ताका जोगीहरुको दिनचर्या अहिले पनि उस्तै रहेको कृष्ण बताउँछन् ।

भारतीय भुमीमा फेरी लगाउदा कमाई पनि राम्रो हुने र फर्किएर आउदा परीवारलाई लत्ता कपडा र अन्य घरायसी प्रयोजनका समान लिएर आउदा परिवार सञ्चालनमा पनि सहजता हुने यो समुदायका बृद्धहरु बताउँछन् । ‘भएकाहरु पनि पुख्र्यौली यो पेशा धानी राख्न सक्ने अवस्थामा छैनन्, फेरी लगाउन हामी युवाहरु मिलेर निस्कीए पछि केही महिना सम्म गाउँमा आईमाई केटाकेटी मात्र हुन्थे’ ओयाक्जुङका बृद्ध जोगी बुद्धिबहादुरले ती दिन सम्झीए ।

आफ्ना छोरा नातीले आफुले धान्दै आएको फेरी लगाउने पुख्र्यौली पेशा संहाल्न नमानेपछि जातीय पहिचानको रुपमा रहेको पेशा नै लोप हुने अवस्थामा पुगेको जोगी अगुवाहरुको गुनासो छ ।

पछिल्लो पुस्ताका जोगी युवाहरु फेरी लगाउनु भन्दा बरु वैदेशीक रोजगारीमा जाने तथा अरु नै पेशा व्यावसाय संहाल्ने तर्फ लागेपछि यो समुदायको जातीय पहिचानको रुपमा रहेको फेरी लगाउने पेशा नै संकटमा परेको बिर्तामोड नगरपालिका ५ पाथिभरा टोलका बृद्ध यदुनाथ भण्डारी बताउँछन् ।

‘जोगी समुदायको ढुंग्रे अरब अहिले संकटमा परेको भण्डारी बताउनट् । स्थानीयहरु जोगीले घर वाहीर गएर फेरी वजाउने पेशालाई ढुंग्रे अरव भन्ने गर्छन् । जोगी समुदायमा आप्mना छोरा नातीलाई विवाह पछि परिवार वाट छुटिएर जाँदा समेत अंशको रुपमा त्यही फेरी लगाउने वराँठको सिंग दिने चलन थियो ।

‘पुख्र्यौली पेशा नछोड्नु, फेरी लगाएर जीविकोपार्जन गर्नु’ अंशको रुपमा फेरी लगाउने वराँठको सिंग दिदै अभिभावकहरुले यही आशिस दिन्थे । तर यसरी अंशको रुपमा फेरी लगाउने सिंग पाउने धेरै छोरा नाताीले पेशा नै त्याग्दै लगेको बुद्धिबहादुर जोगि बताउ छन् ।

पछिल्लो पुस्ताका युवाहरुले लाज मान्नु, पेशाबाट आत्म सम्मान नपाउनु, अन्य समुदायले हेयका दृष्टिले हेर्नु, वर्षभरी नै काम नपाउनु, आकर्षक कमाई नहुनु जस्ता धेरै कारणले पेशालाई अंगाल्न नमानेको उनको तर्क छ । जातीय पहिचानको पेशाको स्थायीत्वको लागि सरकारले समेत हाल सम्म केही सहयोग नगरेको जोगी समुदायहरुको गुनासो रहेको छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution