साजनको हत्यामा संलग्न कारागार चलान

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, जेठ ४ । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न छ जनालाई शुक्रबार पुर्पक्षको लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत झापाले पक्राउ परेका सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

कारागार चलान हुनेहरुमा बिर्तामोड–५ घर भइ राधे रिद्धिसिद्धी ज्वेलर्स सञ्चालन गर्दै आएका पारसकुमार देव, बिर्तामोड–३ घर भइ पारसकै पसलमा म्यानेजरको रुपमा काम गर्दै आएका प्रकाश भन्ने चिरञ्जिवी ओली, सोही स्थानका दिपेश पौडेल, बिर्तामोड–३ का राजेशरराज भन्ने राहुल साह र बिर्तामोड–५ का सुजन चौधरी छन् ।

सोही मुद्दामा संलग्न रहेका पिसिजी ज्वेलर्सका सञ्चालक प्रमोद विश्वकर्मालाई अदालतले नगद १८ लाख ५० हजार २ सय ३० रुपैयाँ धरौटी माग गरेको थियो । उक्त धरौटी रकम राख्न नसकेका कारण उनी पनि थुनामा गएको प्रहरीले जनाएको छ । हत्या पछि साजनबाट लुटिएको सुन प्रमोदले नै खरिद गरेको प्रहरीले जनाएको छ ।

बिर्तामोडको देवा ज्वेलर्सका सञ्चालक २६ वर्षीय साजन मुखियालाई २० फागुनको दिउँसो १ बजे संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए । अब यो घटनामा संलग्न कोही पनि पक्राउ पर्न बाँकी नरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution