स्काउटको ज्याम्बोरी जेठ १६ गतेबाट

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ । नेपाल स्काउटले स्काउटको महाकुम्भ मानिने ज्याम्बोरी गर्ने भएको छ । जेठ १६ गते देखि २१ गतेसम्म ज्याम्बोरी गर्न लागेको शुक्रबार भएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
स्काउटको नियम, प्रतिज्ञा र सिद्धान्तलाई व्यवहारमा लागू गर्दै शारिरिक, मानसिक, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनामार्फत राष्ट्रको लागि सवल, इमान्दार, अनुशासित, आज्ञाकारी एवं क्रियाशील नागरिकहरु निर्माण गर्ने उद्देश्यले ज्याम्बोरी आयोजना गर्न लागेको विज्ञप्तीमा उल्लेख छ ।
नुवाकोटको ककनीस्थित अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा गर्न लागेको हो । नेपाल स्काउटको तर्फबाट गर्न लागेको यो ज्याम्बोरी तेस्रो हो । वि.सं. २००९ सालमा स्थापना भएको स्काउटले पहिलो पटक २०४३ सालमा काठमाडौंस्थित कीर्तिपुर पहिलो ज्याम्बोरी सम्पन्न गरेको थियो । त्यसपछि २०६९ मा चितवनको टिकौली दोस्रो ज्याम्बोरी सम्पन्न गरेको तेस्रो ज्याम्बोरी नेपाल स्काउटका प्रचारप्रशार संयोजक राजिब खत्रीले जानकारी दिए । विश्व स्काउटको मान्यता अनुरुप सदस्य राष्ट्रले प्रत्येक ४ वर्षमा ज्याम्बोरी गर्नपर्ने भएपनि विविधि कारणले गर्दा नियमति रुपमा गर्न सकेको खत्रीले बताए ।
तेस्रो ज्याम्बोरीको उद्घाटन नेपाल स्काउटका संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने नेपाल स्काउट, तर्दथ समितिका संयोजक चन्दन कौशिकले जानकारी दिए । उनका अनुसार ज्याम्बोरीमा १० भन्दा बढी देश र नेपालबाट ५० भन्दा बढी जिल्लाबाट ५ हजार भन्दा बढी स्काउटको सहभागिता रहने अनुमान गरिएको छ । ज्याम्बोरीको लागि ३ करोड खर्च हुने अनुमान गरिएको कोशिकले जानकारी दिए । ‘अनुमान गरिएको तीन करोड मध्ये २ करोड नेपाल सरकारले व्यवस्था गरिदिएको छ,’ उनले भने, ‘बाँकी रकम भने नेपाल स्काउटको आन्तरिक स्रोतबाट जुटाएर ज्याम्बोरी सम्पन्न गरिनेछ ।’
ज्याम्बोरी विश्वव्यापी अनौपचारिक शैक्षिक, साहसिक, बौद्धिक कार्यक्रमको माध्यमबाट स्काउटरलाई सीप, गुणको विकासको साथै भातृत्व र भागिनित्व मैत्रीय भावनात्मक सम्बन्धको विकास गराउन खुला आकाशमुनी स्काउटको विशाल सहभागिता हो । यसलाई स्काउटको महाकुम्भ पनि भन्ने गरिन्छ । नेपालमा यस्तो महाकुम्भ जेठ १६ गते देखि २१ गतेसम्म ६ दिन ककनीमा हुने स्काउटले जनायो ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution