हल्दिवारीमा सहकारी लेखा व्यवस्थापन तालिम सुरु

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

भद्रपुर, जेठ १ । झापाको हल्दिवारीमा ५ दिने सहभागितात्मक आधारभूत सहकारी लेखा व्यवस्थापन तालिम सुरु भएको छ ।

हल्दिवारी गाउँ पालिकाको आयोजना तथा डिभिजन सहकारी कार्यालय झापाको संयोजनामा हल्दिवारी गाउँ पालिकाका सहकारीका लेखा हेर्ने व्यक्तिहरु प्रति लक्षित गरेर तालिम सुरु गरिएको हो ।

हल्दिवारी गाउँ पालिकाका प्रमुख रविन्द्र लिङ्देनले उदघाटन गरेको तालिमको प्रशिक्षण सहकारी निरिक्षक दिल्ली दाहाल र श्याम लिम्बुले गरिरहेका छन् ।

लेखा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दिवारी कृषि कार्यक्रम संयोजक केदारप्रसाद उप्रेती, सहकारी निरिक्षक डिल्ली दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गंगासागर शिवाकोटीले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश तथा कार्यक्रम सञ्चालन गर्दै टिका दाहालले हल्दिवारी क्षेत्रका सहकारीको आर्थिक व्यवस्थापन चुस्त पारदर्शी बनाउन तालिम आवश्यक भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution