ताप्लेजुङका विरामीलाई फलफुल बितरण

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ, जेठ १ । एमाले निकट युवा सङ्घ नेपाल ताप्लेजुङले सङ्गठनको स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाई फलफुल बितरण गरेको छ । सङ्घको २८ औं स्थापना दिवसका दिन मङ्गलबार बिहान ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई फलफुल बितरण गरेको हो ।

अस्पतालमा उपचारार्थ भर्ना भएका १४ जना बिरामीलाई फलफुल बितरण गरिएको युवा सङ्घका जिल्ला अध्यक्ष आशिष केदेमले जानकारी दिए । बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरणको कार्यक्रम गरिएको केदेमले बताए ।

जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको र कार्यक्रम युवा सङ्घका केन्द्रीय सचिवालय सदस्य दीपेन पोमू, निमित्त जिल्ला स्वास्थ्य प्रमुखल डाक्टर सचिन यादव लगायतको उपस्थितिमा सम्पन्न गरिएको सङ्घका जिल्ला सचिव एवम् फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution