एमाले केन्द्रीय समिति बैठक बिहीबार

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ जेठ । नेकपा एमालेले बिहीबार बिहान केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले पार्टी एकताका विषयमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए।

बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। आज साँझ एमाले स्थायी समिति बैठक बस्दैछ।

एमाले र माओवादीले भोलिनै एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्।

एमाले बैठकअघि बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution