फोरजी प्रयोगकर्ता घटे

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ३० जेठ । चोथौ पुस्ताको मोबाइल इन्टरनेट सेवा फोरजी प्रयोग गर्ने ग्राहकको संख्यामा कमी आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत चैतको प्रतिवेदनका आधारमा एक महिनाको अवधिमा फोरजी ग्राहक आठ हजारभन्दा बढी संख्याले घटेका छन्।

प्राधिकरणका अनुसार गत चैतसम्म नेपालमा फोरजी प्रयोगकर्ता १४ लाख ११ हजार थिए। गत फागुनसम्म १४ लाख १९ हजार फोरजी ग्राहक थिए भने यो एक महिनाको अवधिमा आठ हजार फोरजी ग्राहक घटेका छन्। त्यसमा सबैभन्दा बढी एनसेलका ग्राहक घटेको पाइएको छ। एनसेलको फागुन महिनामा फोरजी प्रयोगकर्ता आठ लाख ५७ हजारभन्दा बढी रहेकोमा चैतमा ग्राहक संख्या घटेर आठ लाख २२ हजार पाँच सय हाराहारीमा झरेको छ। यो एक महिनाको अवधिमा एनसेलका झन्डै ३५ हजार फोरजी ग्राहक घटेका छन्। एनसेलका ग्राहक संख्या घटेर फोरजी प्रयोगकर्ता पनि घटेका हुन्। नेपालका हरेक स्थानमा फोरजी नपुग्नु र ग्राहक एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण भइरहनाले पनि फोरजी चलाउने संख्यामा कमी आएको हो।

एनसेल प्रतिनिधिका अनुसार फोरजी चल्ने स्थानमा रहेका ग्राहक त्यस ठाउँबाट अन्यत्रै जाँदा फोरजी चलाउन बन्द हुने भएकाले पनि फारजी ग्राहकको संख्यामा असर परेको हुनसक्ने उल्लेख छ। अर्कोतर्फ नेपाल टेलिकम र स्मार्ट टेलिकमको फोरजी संख्यामा वृद्धि भएको छ। फागुन महिनामा नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता पाँच लाख ४७ हजार थिए भने स्मार्ट टेलिकमका प्रयोगकर्ता १४ हजार पाँच सय। चैत महिनामा टेलिकम र स्मार्टका फोरजी ग्राहक क्रमशः पाँच लाख ५९ हजार र २९ हजार पाँच सयभन्दा बढी थिए। http://annapurnapost.com

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution