कार्टुन उद्योगमा आगलागी

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

विराटनगर, ३१ जेठ । मोरङको बूढीगंगास्थित अरिहन्त कार्टुन उद्योगमा गएरातिदेखि शुरु भएको आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन ।

उक्त आगलागीलाई नियन्त्रण गर्न मोरङलगायत विभिन्न ठाउँका एक दर्जन दमकलका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रियरुपमा खटिरहेका छन् ।

आगलागी नियन्त्रणमा आउन अझै केही समय लाग्ने जानकारी गराउँदै प्रहरी उपरीक्षक मनोजकुमार केसीले कुनै मानवीय क्षति नभएको र आगलागीको कारण खुल्न नसकेको बताए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution